काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानलाई १९८ रनको सामान्य लक्ष्य दिएको छ । नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाउनुभयो। उहाँले ६८ बलमा ४ चौका र १ छ्क्कासहित ३९ रन ल्याउन सफल हुनुभयो ।
दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुभाष भण्डारी २० र गुल्सन झाले १८ रनको योगदान बनाउनुभयो । बलिङमा पाकिस्तानका अरफत मिन्हासले सर्वाधिक ३ विकेट लिनुभयो । उबेद साह र अहमेद हसनले २-२ विकेट लिनुभयो ।
२९ रनमा पहिलो विकेट गुमाएको नेपालले लामो साझेदारी गर्न नसक्दा पाकिस्तानसामु ठूलो स्कोर खडा गर्न सकेन । सिनियर टोलीबाट खेलिसकेका खनाल र झाको प्रदर्शन पनि राम्रो हुन सकेन ।