काठमाडौं। आफ्ना सबै सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी काम सुरु गरेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।
माघ १५ गतेदेखि मार्क सिट र अन्य कागजात लिन अनलाइनको माध्यमबाटै लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको हो ।
अनलाइनबाटै मार्क सिट र अन्य कागजात लिन सकिने परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनु पर्ने गुनासो बढेपछि त्रिविले सहज रूपमा सेवा दिने गरि अनलाइन माध्यमबाट सबै सेवा दिन लागेको जनाएको छ । अनलाइन सेवालाई प्राविधिक रूपमा थप प्रभावकारी बनाउन सकेमात्र सेवा चुस्त दुरुस्त हुने छ ।