काठमाडौं । देशभरका सम्पुर्ण सरकारी कार्यालयले दैनिक सेवादिने समय एक घण्टा लम्बिएर आजदेखि अपरान्ह ५ बजे खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने नियम लागू गरेको हो।

नेपाल सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म सरकारी कार्यालय खोल्ने र बन्द गर्ने समय तोकेको छ। जाडो समयमा दिन छोटो हुने भएकाले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै खोल्ने नियम सरकारले लागू गरेको छ ।

कार्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय खोल्ने समय अपराह्न ५ बजेसम्म तोकिएको छ । त्यस्तै वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय खोल्ने बन्द गर्ने समय बिहान १० बजे र अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन् ।

सरकारले दिउँसो १.३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ । शुक्रबारका दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म सबै सरकारी कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय