प्यूठान । स्वास्थ्य कार्यालय प्यूठानले कोभिड-१९ विरुद्धको खोप अभियान संचालन गर्न लागेको छ । माघ २४ गतेदेखि २८ गतेसम्म १२ वर्ष उमेर माथिकाको लागि फाइजर-बायोएनटेक खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कौशलराज बैद्यले ४१ हजार डोज खोप प्राप्त भएको जानकारी दिदै खोप अभियान संचालन गर्न लागिएको बताउनुभयो । उहाँले अहिलेसम्म एउटा पनि खोप नलगाएको र थप बुस्टर खोप लगाएकोलाई बाहेक अरु ब्यक्तिलाई खोप लगाउने बताउनुभयो ।
जिल्लामा १ लाख ६० हजार खोप लगाउन योग्य ब्यक्ति रहेको भन्दै अहिले जेस्ठ नागरिक सहित प्राथमिकताको आधारमा खोप लगाईने बताउनुभयो ।

खोप अभियानको विषयमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गरिसकिएको समेत कार्यालयका निमित्त प्रमुख मधुसूदन खड्काले बताउनुभयो । प्राप्त खोप खेर जान नदिने गरि लगाउने योजना रहेको समेत उहाँले बताउनुभयो । खोप लगाउनका लागि खोप कार्ड लिएर खोप केन्द्रमा जान समेत उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय