प्यूठान । प्यूठानकाे माण्डवी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाकाे बैठकले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे हो । गाउँपालिका मातहतका कार्यालय तथा विद्यालयलाइ विदा दिइएको छ ।
यसअघि केन्द्रीय सरकारले पनि जनयुद्ध दिवसमा बिदा दिन शुरू गरेको थियो । अघिल्लो वर्षबाट दिन थालिएको यो बिदालाई सर्वोच्च अदालतले रोक लगाइसकेको छ ।