लमही । दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे प्र ३-०१०२२च १३६९ नम्बरको स्कारपियाेले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा दिदिको मृत्यु भएको छ भने बहिनी गम्भीर घाइते हुनुभएको छ ।

झिमरूक गाउँपालिका-८, गोब्दी प्यूठान स्थायी घर भइ हाल राप्ती गाउँपालिका-८ पिपरी बस्ने ३५ वर्षीया राधा बस्नेतको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँ सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत हुनुहुन्थ्यो ।

ठक्करबाट २० वर्षीया बिपना केसी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । केसीलाई थप उपचारका लागि बुटवल पठाएको प्रहरीले जनाएको छ ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका- ८ पिपरीमा साइकलमा सवार दिदिबहिनीलाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडीका चालक फरार रहेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय