काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि सुरू हुन लागेको छ । खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो तीन बजे सुरू हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको क्वार्टरफाइनलका खेल एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
फागुन १९ सम्म हुने प्रतियोगितामा दुई विदेशीसहित १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।