काठमाडौं । त्रिदेशीय टी-२० शृङ्खला अन्तर्गत त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । नेदरल्यान्डस्ले दिएको १२१ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १४.२ ओभरमै पूरा गरेको हो ।

नेपालका लागि रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२, आसिफ शेखले आठ, दीपेन्द्रसिंह ऐरीले चार र कुशल मल्लले दुई रन बनाए ।

नेदरल्यान्डका लागि भिभियन किंमाले तीन र आर्यन दत्तले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३ ओरभमा १२० रन बनाएको थियो । नेदरल्यान्डका लागि म्याम्स उडले ३१, टिम भानले २४, रिलोफ भानले २३ र स्कट इडवार्डसले १८ रन बनाए ।

करण केसीले पहिलो ओभरमै दुई विकेट लिए । त्यस्तै, प्रतिश जीसीले तीन, कुशल मल्लले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड र नामिबिया भिड्नेछन् । नेदरल्याडस्ले जितेमा नेपाल सिधै फाइनलमा पुग्नेछ भने नामिबियाले जितेमा रनरेटका आधारमा फाइनल पुग्ने दुवै टोली तय हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय