काठमाडौं । नेदरल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बायाँ हाते बलर प्रतिश जिसी(प्यूठान) प्लेयर अफ द म्याच घोषित भए । नेदरल्यान्डविरुद्ध ४ ओभर बलिङ गरेका प्रतिशले १३ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिन सफल भए । तिनै ब्याटरलाई प्रतिशले बोल्ड आउट गरेका थिए ।

खेलपछि प्रतिशले प्लान सफल हुँदा नतिजा राम्रो आएको बताए । टी–२० विश्वकप अघि जति प्रेसर खेल खेल्छौं, त्यतिनै फाइदा हुने जिसीले सुनाए । “विश्वकपअघि अरु खेलहरु भयो भने चाहिँ जति प्रेसरको खेल खेल्न सक्यो, त्यति नै सजिलो हुन्छ,” उनले भने, “यो किसिमको खेलले टीमको फरमेसन बन्नदेखि विपक्षीलाई चिन्नका लागि मौका छ । उनीहरुलाई पनि हामीलाई चिन्न उत्तिकै मौका छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय