काठमाडौं । हङकङमा हुने त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टोली घोषणा गरिएको हो ।

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिशी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन ।

नेपालले मार्च ९ देखि १३ गतेसम्म हङकङमा हुने त्रिदेशीय टी-२० सिरिज खेल्न लागेको हो। सिरिजमा नेपालसहित हङकङ र पपुवा न्यूगिनी सहभागी हुनेछन् । नेपालले फागुन २६ मा हङकङसँग फ्रेन्डसीप खेल खेल्नेछ ।

सिरिजको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्ने तालिका छ । फाइनल खेल फागुन ३० गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय