काठमाडौं । नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशभरका सडक आयोजना लगायत भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने अठोट गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताका शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा बुधबार राती पद पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले यस्तो उदघोष गर्नुभएको हो । महासेठले सडक आयोजना लगायतमा हुने ढिलासुस्ती अन्त्य गर्ने काममा आजबाटै लाग्ने अठोट गर्नुभयो ।

मन्त्री महासेठले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन समेत कार्यदललाई निर्देशन दिनुभएको छ । एमाले सचिव महासेठ पार्टीको तर्फबाट नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुभएको हो । एमाले सचिव महासेठले यसअघि पनि सोही मन्त्रालयको नेतृत्व गरिसक्नु भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा अनुभवी महासेठले अव कुनै पनि आयोजनाको काम अवरुद्ध हुन नदिने र भ्रष्टाचारमा सून्य सहनशीलताको नीति अबलम्बन गर्ने बताउनु भयो । ‘देशभरका सडक आयोजना लगायत भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्छु, कुनै पनि आयोजनाको काममा ढिलासुस्ती हुन दिन्न,’ मन्त्री महासेठले भन्नुभयो ।

उहाँले मन्त्रालय मातहतका कर्मचारीलाई ढुक्क भएरदृढताका साथ काम गर्न र भ्रष्टाचारजन्य काममा हात नहाल्न सचेतसमेत गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय