काठमाडौं। हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । हङकङमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टी-२० आई श्रृङ्खला सुरु हुनुअघि नेपालले हङकङसंग मैत्रीपूर्ण टी-२० खेल खेल्न लागेको हो ।