काठमाडौं । भारतमा भएको एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल बिजयी बनेको छ । आईतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संलाई १८ रनले हराएर बिजेता बनेको हो ।

जितका लागि १७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली गुजरात निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनमा समेटियो । गुजरातका लागि कप्तान उमंग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन बनाए । नेपालका अविनाश बोहोराले तीन विकेट, दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र कुशल मल्लले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए भने ै आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाएका थिए ।

नेपाल गुजरातमाथि ह्याट्रिक जित निकालेको हो । लिग चरणमा नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो ।
भने नेपालले बरोडा क्रिकेट संलाई २७ रन हराएको थियो । नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय