काठमाडौं । आईसिसि एकदिवसीय विश्वकप क्रिकेट, २०२३, मा भारत पराजित भए संगै अष्ट्रेलियाले उपाधी हात पारेको छ । अस्ट्रेलियाले विश्वकप क्रिकेटमा भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेटको उपाधी पक्का गरेको हो ।

आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलिया छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको छ।

अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २ सय ४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको थियो ।

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बनेको छ। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो।

यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो। भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन। सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो।

अहिलेको लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा उत्कृष्ट प्रदर्सन गर्दै आएको भारत फाइनलमा भने अस्ट्रेलियासँग पराजित भयो।

अस्ट्रेलियाले यो विश्वकपको सुरुवाती दुई खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग त्यसपछि सात खेल जितेर सेमिफाइनलमा आफ्नो नाम दर्ज गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय