काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटले जित निकालेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ११२ रन बनाए । उनले ६ छक्का र १० चौका प्रहार गरे । दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, अनिल शाहले ५ रन बनाए । गुल्सन झा नटआउट ९ रन बनाउनुभयो भने प्रतिस जिसीले नटआउट ५ रन बनाए ।
वेस्ट इन्डिजका लागि म्याथ्यू फोर्ड र ओबेद म्याकोएले दुई दुई विकेट हात पार्नुभयो भने किमो पलले १ विकेट लिए ।
टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको लक्ष्य दिएको थियो ।
नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले ४६ बल खेल्दै ७४ रन बनाए । एलिक एथेनाजेले ४७ रन र केसी काटीले ३८ रन बनाए ।
वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।