काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभावको कारण
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम सामान्यतया सफा महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर