काठमाडौं । बागमती प्रदेश र चीनको जियाङ्सी प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल र चिनियाँ कम्युनिष्ट पार्टी जियाङ्सीका वु जोङजिओनले मंगलबार काठमाडौंमा उक्त सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। साथै पोखरा महानगरपालिका र जियाङ्सीकै एक मुख्य शहर ग्यान्झोनबीच आधुनिक कृषि र पर्यटन विकासबारे छुट्टै आसय(सहमति)पत्रमा हस्ताक्षर भएको छ ।

 

चीनकै असाध्यै विकट तर तीव्र विकास र सम्पन्नता हासिल गरेको जियाङ्सी प्रान्त र बागमती प्रदेशबीचको यो सम्बन्धले बागमती प्रदेशको विकास एवम् समुन्नतिमा महत्त्वपूर्ण अर्थ राख्ने चर्चा सो सन्दर्भमा गरियो ।

 

कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चन सङसमेतले नेपाल र चीनबीचको राज्य तथा जनतास्तरीय ऐतिहासिक सम्बन्धको महत्त्वबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय