दाङ । दाङको तुलसीपुरबाट काठमाडौका लागि छुटेको बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन ।
प्र३-०१-००६ ख ०९७५ नम्वरको बस तुलसीपुर उप-महानगरपालिका-१८ बेलझुण्डीमा दुर्घटना हुँदा बसमा सवार १७ जना यात्रु घाइते भएका हुन ।
बसमा ३२ जना सवार रहेकोमा अरु सकुसल रहेको र घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताउनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वेलुका ६ वजेतिर बस सडकमै पल्टिएको थियो ।