दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रोल्पाको गंगादेब गाउँपालिका-६ ताप्ला बजार बस्ने ५४ वर्षीय बिर बहादुर खड्का ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

आज दिउसो करिब पौने २ बजेको समयमा लमही नगरपालिका-१ नर्ती चोकमा लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र रा ३ प ८२४५ नम्बरको मोटर साइकल एक आपसमा ठाेक्किएका थिए ।

लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल चालक रुपन्देही गैडहवा गाउँपालेका -७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको बायाँ कुम र कम्मरमा भित्री चोट लागेको छ । मिश्रको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

रा ३ प ८२४५ नम्बरको मोटर साइकलमा सवार सोहि ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । दुर्घटना कसरी भयो भन्नेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय