प्युठान । गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङमा एक युवकको शव फेला परेको छ । लिवाङ कोटको भिर भन्ने ठाउँमा स्थानीय ३६ वर्षीय बिर बहादुर खडकाको शव फेला परेको हो ।

 

मंगलबार बेलुका बाटोबाट करीव १५० मिटर तल भिरमा शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय