काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपाल मंगलबार नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्न लागेको हो ।
विश्वकपअन्तर्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा मंगलबार राति सवा ९ बजे खेल संचालन हुँदैछ । नेपालले दोस्रो पटक टी-२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्यान्ड्स भने पाँचौँपटक सहभागिता जनाउँदै छ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् ।