प्यूठान । अल्ट्रा धावक तथा विश्व पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको शालिक निर्माण गरिएको छ । प्यूठान नगरपालिका वडा नम्वर ७ टिकुरी बसपार्क स्थित सञ्जय पण्डित स्मृती प्रतिष्ठान परिसरमा पण्डितको पूर्ण कदको शालिक निर्माण गरिएको हो ।

प्रतिष्ठान भवनमा संग्रहालय समेत स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष नेगन सिंह कुँवरले जानकारी दिनुभयो । प्रतिष्ठानका अध्यक्ष कुँवरका अनुसार स्वर्गीय पण्डितले हिमाल आरोहण गर्दा प्रयोग गरिएका कपडा, औजार, सामाग्री प्रदर्शनीका रुपमा राखिएको छ ।

पण्डितले करिब २ हजार बढी उल्टो सुल्टो दौड पूरा
स्वर्गीय सञ्जय पण्डितले करिब २ हजार २ सय किलोमिटर दूरीको दौड अन्तर्गत २०६५ सालमा काठमाडौं देखी तातोपानी ११ घण्टामा १२७ किलोमीटर दुरी पहिलोपटक पार गर्नुभएको थियो । त्यो दौडको यात्र संगै स्वर्गद्वारी देखी काठमाण्डौ, भालुबाङदेखी गौमुखी, काठमाण्डौदेखी खासा लगायत स्थानमा लामो दूरीको कृतिमानी दौड पूरा गर्नुभएको थियो । पण्डितले अन्तिम दौड २०७३ सालमा काठमाडौदेखी दोलालघाट उल्टो हिडेर ५७ किलोमिटर दुरी ११ घन्टा ४१ मिनेट ५६ सेकेन्डमा पूरा गरि नौलो रेकर्ड कायम गर्नुभएको थियो ।

काठमाडौदेखी तातोपानी २०६५ सालमा १२७ किलोमीटर ११ घण्टामा पार गर्नुभएको थियो । त्यस्तै भालुवाङदेखी प्यूठान २०६५ सालमा ५८ किलोमिटर ४ घण्टा ३० मिनेटमा, प्यूठान टिकुरीदेखी गौमुखी २०६५ सालमा ४८ किलोमिटर, जिरीदेखी काठमाडौं सित्तलनिवास २०६५ सालमा २०१ किलोमिटर, स्वर्गद्वारीदेखी काठमाडौं २०६६ सालमा ३३९ किलोमिटर, काठमाडौंदेखी रसुवा २०६७ सालमा १४७ किलोमिटर, काठमाडौ गोरखा दरवार २०६७ सालमा १६४ किलोमीटर, खासा काठमाडौ २०६७ सालमा १२७ किलोमिटर, काठमाडौदेखी रक्सौल २०६७ सालमा १४६ किलोमिटर, काठमाडौदेखी त्रिशुलि २०६७ सालमा १०१ किलोमिटर, नेपालगन्जदेखी चिसापानी २०६८ सालमा ८६ किलोमिटर, लुक्लादेखी आइसल्याण्ड बेसक्याम्प २०६८ सालमा ९९ किलोमिटर र काठमाडौदेखी दोलालघाट उल्टो हिडेर २०७३ मा ५७ किलोमीटर दुरी ११ घन्टा ४१ मिनेट ५६ ससेकेन्डमा पूरा गर्नुभएको थियो ।

पण्डितको ११ हिमाल आरोहण यात्रा

पण्डितले पहिलोपटक २०११ डिसेम्बर १३ तारिकमा नेपालको आइसल्याण्ड पिक आरोहण गर्नुभएको हो । नेपालको मनास्नु हिमाल २०१२ सेप्टेम्बर २५ मा पूरा गर्नुभयो भने, तेस्रोपटक सगरमाथा हिमाल २०१३ मे १९ मा सफल आरोहण गर्नुभएको थियो ।

त्यस्तै अफ्रिकाको किलिमन्जरो हिमाल २०१४ को मार्च १३, दोस्रोपटक किलिमन्जरो हिमालना उल्टो हिडेर २०१५ डिसेम्बर ३१ मा सफल आरोहण पूरा गर्नुभयो । रसीया एलब्रस ९६० से।० ६ मिनेट मा २०१४ जुलाई २० मा, माउन्ट कोजिस्को अष्ट्रेलिया उल्टो हिडेर २०१४ नोभेम्बर १२ मा, डेनाली अलस्का अमेरिका २०१५ जुलाई ३ मा, एकान्कगुवा दक्षिण अमेरिका २०१५ अगस्ट ३ मा, माउन्ट भिन्सन अन्टार्टिका २०१७ मे १३ मा र डेनानी अमेरिका २०१७ जुलाई १६ अर्थात २०७४ असार २ गते अमेरिकाको डेनाली माउन्ट आरोहणका क्रममा खराव मौसम र अल्चिच्युडका कारण २९ वर्षको उमेरमा पण्डितको निधन भएको थियो। यहि उहाँको अन्तिम आरोहणमा टुंगिएको थियो ।

सन्जय पन्डित भिमकान्त शर्माका नाति, तेज प्रसाद मिश्र आमा पार्वता पण्डितको कान्छो छोरा हुनुहुन्थ्यो । पण्डित २०७४ असार २ गते अमेरिकाको डेनाली माउन्ट आरोहणका क्रममा खराव मौसम र अल्चिच्युडका कारण २९ वर्षको उमेरमा पण्डितको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय