प्युठान । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाइएको बाह्रौँ कर दिवस तथा कर सप्ताह सप्पन्न भएको छ ।
करदाता सेवा कार्यालय, चकचके, प्यूठानको आयोजना तथा प्यूठान उद्योग वाणिज्य संघ र रोल्पा उद्योग वाणिज्य संघको सहकार्यमा करदाता सेवा कार्यालयमा सम्पन्न भएको हो ।
कर सप्ताहको समापन कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । शोनु फ्युल एण्ड अटो केमिकल्स, खुंग्री, रोल्पा, नितेश अर्डर एण्ड सप्लायर्स, बाग्दुला, प्यूठान र विजुवार महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, प्यूठानलाई सम्मान गरिएको थियो ।