बुटवल । बुटवलमा दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बुटवल उपमहानगरपालिका-११ स्थित पश्चिम नहरपुर क्षेत्रको बेलवास बेथरी सडकमा मोटरसाइकल र बोलेरो भ्यान ठोक्किंएर मालारानी गाउँपालिका-३, अर्घाखाँची बस्ने ४५ वर्षीय शालिकराम खनालको निधन भएको प्रहरीले जनाएको छ।

 

वडा प्रहरी कार्यालय रामनगरका वरिष्ठ प्रहरी नायव निरीक्षक खिम जिसीका अनुसार लु १ च ७०२४ नम्वरको बोलेरो भ्यान र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएर बुटवल ११ देविनगर बस्ने झिमरुक गाउँपालिका प्यूठान बाँदीकोटका २४ वर्षीय शेखर पोख्रेल गम्भीर घाइते भएको जानकारी दिनुभएको छ।

 

दुर्घटनामा परि घाइते भएका पोख्रेलको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय