प्यूठान । बाहिनिपति ट्रफि-२०८१ अन्तर्गत प्यूठानमा तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । बर्द बहादुर गण खलंगामा संचालन भएको प्रतियोगिताको गणपति प्रमुख सेनानी रमेश थापाले उद्घाटन गर्नुभएको हो ।

प्रमुख सेनानी थापाले प्रधानसेनापति कप छनौटका लागि बाहिनीपति ट्रफि-२०८१ संचालन भएको जानकारी दिनुभयो । उहाँले मनसिक तथा शारीरिक रुपमा सक्षम बनाउन सेनाले खेलकुदका गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।

“राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादन हुँदै आएका छन,”
उहाँले भन्नुभयो, “वार्षिक रुपमा प्रधानसेनापति कप संचालन हुँदै आएको छ ।”

चार दिनसम्म चल्ने प्रतियोगितामा १९ नम्बर बाहिनी अन्तर्गतका बर्द बहादुर गण, बटुक दल गण, सिद्दिबक्स गण, रणसिंह दल र चण्डीदल गणबाट ६९ जना खेलाडी सहभागी छन । महिला तर्फ ६ तौल समुह र पुरुष तर्फ ८ तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय