
प्युठान । २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्युठानमा शुरु भएको छ । बिहान सदरमुकाम खलंगामा प्रभातफेरी सहित कबिता वाचन गरेर कार्यक्रमको शुरूवात गरिएको हो ।
सम्मेलन्मा देशभरका ख्यातिप्राप्त बाल साहित्यकारको उपस्थिती रहेको छ । आज दिउँसो जनता माध्यमिक विद्यालय बाग्दुलामा सम्मेलनको प्रतिनिधिसभा सदस्य सुर्य थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले सम्मेलनमा कथा लेखन, निवन्ध, कविता, चित्रकला, नृत्य, अभिनय कार्यशाला हुने बताउनुभयो । त्यसैगरी कथा लेखन र हस्त लेखनको प्रतियोगिता समेत सञ्चालन हुनेछ । सम्मेलनमा पुस्तक विमोचन, पुस्तक प्रर्दशन र अन्र्तक्रिया समेत हुने महासचिव आचार्यले जानकारी दिनुभयो ।
सम्मेलनबाट बालबालिका तथा किशोरकिशोरीहरुको पठनसिप, पठन संस्कार र संस्कृति तथा सिर्जनशिलतामा विकास हुने अपेक्षा गरिएको छ । साथै जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धनमा समेत सम्मेलनले टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा बाल साहित्यसँग सम्वन्धित साहित्यकारदेखी जिल्लाका सवै स्थानीय तहबाट बालबालिकाको सहभागिता रहने छ ।
बालसाहित्य समाजको आयोजनामा हुन लागेको सम्मेलनमा प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, राप्ती साहित्य परिषद्, साहित्य परिषद प्युठान, लुम्बिनी वांगमय प्रतिष्ठान नेपाल प्युठान शाखा, जनता माध्यमिक विद्यालय बाग्दुला, नेवा : खल प्युठान, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, नेपाल पत्रकार महासंघ प्युठान, प्युठान वांगमय केन्द्र काठमाण्डौ, प्युठान उद्योग वाणिज्य संघ, कालिका विकास केन्द्र नेपाल र भित्रिकोट सामुदायिक सिकाई केन्द्र स्थानीय आयोजक रहेका छन् ।