गुल्मी । नेकपा एमाले पार्टीले स्वयंसेवक पठाउने निर्णय गरे अनुसार गुल्मीबाट पनि भुकम्प प्रभावित क्षेत्रमा १५ जनाको टोलि परिचालित भएको छ । कात्तिक १७ गते राती ११.४८ मा गएको भुकम्पबाट प्रभावित हरुलाई बढ्दै गएको चिसोबाट जोगाउन जाजरकोट र पश्चिम रुकुममा तीन वटा प्रदेशहरु कर्णाली ,गण्डकी र लुम्बिनीबाट गरि १ हजार भन्दा बढी र लुम्बिनी प्रदेशबाट मात्रै २०५ भन्दा बढी परिचालित भएका छन ।
मंसिर ५ गते गुल्मीबाट जिल्ला अध्यक्ष बालसिंह काउछाको नेतृत्वमा टोलि परिचालन परिचालन भएको छ । मंसिर ६ गते दिउँसो पश्चिम रुकुमको सानिभेरी गाउँपालिकाको चाइना बगरमा आइपुगेर टोलिले आफ्नो क्याम्प बनाइ पिडित परिवारको घरको भग्नाबेश हटाउने तथा पालमुनी कठ्याङ्रीने जाडोमा बसेकालाइ टहरा मुनि ल्याउने काम धमाधम अघि बढाएको टोलिमा खटिएका सबिन बस्नेत बताउनुभयो ।
टोलीले तेस्रो दिन आइपुग्दा चार वटा टहरा र एउटा शौचालय निर्माण गरेर हस्तान्तरण समेत गरेको छ । भुकम्पबाट बढी प्रभाबित रहेको यश क्षेत्रमा भग्नाबेश हटाउन तथा निर्माण सामग्रीको ब्यवस्थापन गर्न कठिन भएतापनी तिब्र रुपमा टहरा निर्माण कार्य अघि बढेको संयोजक मनोज काउछाले बताउनुभयो ।
भुकम्पबाट चार जनाको ज्यान गुमाउन पुगेका प्रेम पुनको टहरा निर्माण गरेर कामको शुरूवात गरेको थियो । गुल्मेली टिमले भेरी दोभान माध्यामिक विद्यालयको पठनपाठनलाइ शुरु गराउने गरि तीनवटा टहराहरु र दुई कोठे शौचालय बनाएर हस्तान्तरण गर्ने क्रममा रहेको अनेरास्ववियुका जिल्ला कमिटी अध्यक्ष शोभाखर गिरिले बताउनुभयो ।
यो कामबाट विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले प्रशंसा ब्यक्त गर्दै टोलिलाई धन्यवाद समेत दिएका छन ।