प्युठान । नबौ उद्योग दिवस खलंगामा मनाईएको छ।
घरेलु तथा साना उद्योग बिकास कार्यालय प्युठानले दिवसको अवसरमा उद्यमीहरुका बीच अन्तरक्रिया र औद्योगिक तथ्यांक पुस्तिका बिमोचन गरिएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले उद्यमीको हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय अनुदानका कार्यक्रमहरु पहुँचको भरमा बितरण हुने र वास्तविक पाउनु पर्नेले नपाउने गुनासो देखिएको भन्दै सहि पहिचान गर्न जरुरी रहेको बताउनुभयो ।


मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले उद्यमीले व्यावसायिलाई कसरी सहज र सहयोग गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहबिच छलफल गर्न पर्ने आवस्यकता देखिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सेवा प्रदायक र उद्यमीबिच समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले उद्यमीलाई हौसला, सम्मान र सहजसेवाको लागि सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो ।

घरेलु तथा साना उद्योग बिकास कार्यालयका उद्योग अधिकृत सरोज भण्डारीले कार्यालयबाट हुने सेवालाई सहज तथा प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय तहसंग सहकार्य गरि कार्यक्रमलाई दोहोरोपना हुन नदिन पहल गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी उद्यमीले अनुदान तथा प्राविधिक, प्रबिधीको सहयोग आवस्यक रहेको बताएका थिए । स्थानीय उत्पादनलाई बजारीकरणमा समेत समस्या भएको भन्दै सबैलाई सहयोग गर्न आनुरोध गरेका थिए । प्युठान जिल्लामा करिब अठार सय भन्दा बढी उधमीहरुको तथ्यांक रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर