प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसाका घटनामा कमि ल्याउन भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी र सरोकारवाला सम्मीलित लैङ्गिक हिंसा न्यूनीकरण गर्न बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

देशब्यापी रुपमा हिजोबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई गाउँबस्तीसम्म लैजाने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । यो अभियानलाई दिवसको रुपमा मात्रै सिमित गर्न नहुने भन्दै थप प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष एमसीले बताउनुभयो । उहाँले भन्नुभयो,’नितिगत रुपमा कार्यक्रम बनाएर बजेटको सुनिश्चितता सहित लैङ्गिक हिंसाविरुद्धको अभियान गाउँतहसम्म पुर्याउने गरि हाम्रो टिम अगाडि बढ्ने छ ।’ खासगरी महिला बालबालिका छिमेकी र चिनाजानबाटै ललाइफकाईको कारण हिंसामा परिरहेकोले यसलाई रोक्न समुदायनै सक्रिय हुनुपर्ने खाँचो रहेको अध्यक्ष एमसीले बताउनुभयो।

दाइजो, बोक्सी, छुवाछूत, सासू बुहारी जास्ता विभिन्न रुपमा समुदायमा घरेलु हिंसा हुने गरेकोले कमि ल्याउन बस्तीस्तरमा प्रभावकारी रुपमा अभियान थाल्नुपर्ने वडा अध्यक्ष धुर्ब खनालले बताउनुभयो । घरेलु हिंसाभित्र श्रीमान्–श्रीमतीबीच हुने घरेलु हिंसाका घटना संगै फाट्टफुट्ट रुपमा पुरुष पनि हिंसामा पर्ने गरेकोले सबैखाले हिंसाका घटना न्यूनीकरणमा जोड दिनुपर्ने वडा अध्यक्ष खनालले बताउनुभयो ।

गाउँ बस्तीमा श्रीमान् श्रीमती बिच असमझदारी मधिराको कारण बढेको वडा नम्बर २ का अध्यक्ष कृष्ण बहादुर पोख्रेलको भनाइ छ । समय अनुसार अहिले लैङ्गिक हिंसामा सुधार भएको कृष्ण बहादुर जिसीको तर्क छ ।

उमेर समूहका हिसाबले बालबालिकाहरु प्रलोभनमा परि हिंसामा पर्ने गरेको भन्दै वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनले यसमा कमि ल्याउन समुदाय स्तरमा सशक्तीकरणका अभियानले कमि ल्याउन सहयोग पुग्ने सुनाउनुभयो। गाउँपालिका, वडा र बिद्यालय स्तरीय संजाल गठन गरेर त्यहीँ मार्फत सशक्तीकरणका अभियान थाल्नुपर्ने वडा अध्यक्ष पुनले पुनको तर्क छ ।

हाम्रो समुदायना अहिलेपनी बाल बिवाह बढ्दो रहेकोले बालविवाह रोक्ने अभियान लैजाने पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहिले बताउनुभयो। लैङ्गिक हिंसामा कमि ल्याउन सबैको इच्छाशक्ति भएमात्र संभवन हुने उहाँको तर्क छ ।

अभियानको बर्सेनि औपचारिक रुपमा मनाउदै आएपनी लैङ्गिक हिंसाका घटनामा न्यूनीकरण हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । त्यसको लागि सरकारले लगानीको सुनिश्चितता र जनप्रतिनिधिको ऐक्यबद्धता नभएसम्म लैङ्गिक हिंसामा कमि ल्याउन नसकिने बोल्ने बक्ताहरुको भनाइ घियो । जबसम्म भुइँमान्छेको भावना बुझिदैन तबसम्म लैङ्गिक हिंसामा कमि नहुने तर्क उहाँहरुको भनाइ छ ।

अभियानलाई थप जनपक्षीय बनाउन बस्तितहसम्म पुर्याउन वडा वडामा सचेतताका कार्यक्रम लैजाने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले जानकारी दिनुभयो । ८ नम्बर वडा अध्यक्ष तुलस बस्नेतको स्वागतबाट सुरु भएको कार्यक्रममा ८ वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य, पालिकाका शाखा प्रमुख, वडा सचीव, कर्मचारी सरोकारवाला लगाएको उपस्थित रहेको कार्यक्रमको संचालन यामलाल पोख्रेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय