
प्युठान । नेपाल जेसुईट सामाजिक संथाले एक विद्यालयलाई प्रबिधि प्रदान गरेको छ । ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत स्वर्गद्वारी नगरपालिका-५ खलधारामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई प्रबिधि प्रदान गरेको हो ।
संथाका निर्देशक फादर राेयले नगरप्रमुख टेक प्रसाद भण्डारीलाई
संस्थाले उपलब्ध गराएकाे ५५ ईन्चकाे स्मार्ट टेलिभिजन, ट्याबलेट, वाईफाई लगाएतका सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाकाे पहलमा नेपाल जेसुईट सामाजिक संथाले प्युठानका दुर्गम क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई प्रबिधिसंग जाेड्न र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रबिधि जडान गरेकाे संस्थाका निर्देशक फादर राेयले बताउनुभयाे ।
नगर प्रमुख टेक प्रसाद भण्डारीले अहिलेकाे प्रबिधि अनुसार बालबालिकालाई प्रबिधिसंग जाेड्न आबश्यक रहेकाे बताउनुभयो । त्यसका लागि शिक्षकलाई प्राविधिक ज्ञान समेत आवस्यक रहेको उहाँको भनाई छ ।
वाल बिकासदेखि आठ कक्षासम्म संचालन भएकाे उक्त विद्यालयमा कक्षाकाेठा प्रयाप्त नहुदा बिधार्थिलाई खुल्ला आकाशमा अध्यापन गराउन बाध्य भएकाे बिधालयका प्रधानाध्यापक डेम प्रसाद उपाध्यक्षले जानकारी गराउनुभयाे । “बिधालयमा झन्डै १२० जना बालबालिका अध्ययनरत छन ८ जना शिक्षक छाै नगरपालिका स्तरिय परिक्षामा नगरपालिकाकै प्रथम स्थान हासिल गर्न सफल भएका छाै विद्यार्थीलाई निशुल्क अतिरिक्त कक्षा सन्चालन गरी पढाउछाै तर भवन नहुदा सास्ति खेप्नु परेकाे छ,” प्रअ उपाध्यले भन्नुभयो ।
वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले संस्थालाई धन्यवाद दिदै अभिभावकहरुलाई बिलासि सामाग्री र घर घडेरीमा लगानी नगरी बालबालिकामा लगानी गर्न आग्रह गर्नुभयो ।