दाङ । दाङमा सरिया बोकेको मालवहाक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहिवार बिहान करिब ११ बजेतिर सडकमा गुडिरहेको ट्रक एक्कासि ब्रेक फेल भएर अनियन्त्रीत भइ दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित लमहीबाट घोराही तर्फ जादै गरेको मालवहाक (सरिया) बोकेको ना ६ ख १६५३ नम्बरको ट्रक पल्टिदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राम प्रसाद तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा ट्रक चालक शिवराज नगरपालिका–५ कपिलवस्तु निवासी हरिबहादुर खत्री र सोही ठाउँ निवासी १८ वर्षिय दिलीप थारु (सहचालक) घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चालक र सहचालकलाई सरियाले च्यापिएको अवस्थामा उद्दार गरिएको थियो । सडकमा गुडिरहेको ट्रक ब्रेक फेल भएर अनियन्त्रीत हुँदा दुर्घटना परेको प्रहरीले बताएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय