काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।

 

मंगलवार महानगरले एक विज्ञप्ति जारी गर्दै सेवनका लागि उत्पादन गरिएका प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको हो ।

 

सूचना प्रकाशित भएको मितिले १५ दिनपछि काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ । सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्नेछ, भनिएको छ ।

 

काठमाडौं महानगरका अनुसार यहाँको सहरलाई स्वस्थ्य सहर निर्माण गर्ने अभियानमा रहेको बताएको छ । महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले मानिसको जनस्वास्थ्य र वातावरणमा हानी गर्ने सूर्तीजन्य बस्तुको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।’ उहाँ भन्नुहुन्छ, ‘काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था गरेको छ। ऐनको दफा ४२ अनुसार सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

 

सहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो सर्त हो । उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय