तनहुँ । तनहुँको ब्यास नगरपालिकाको पृथ्वीराजमार्ग अन्तर्गत घाँसीकुवामा नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा नजिकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । केही गम्भीर घाइतेहरूलाई पोखरा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको बिस्तृत विवरण भने आउन बाकी रहेको छ । दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय