अर्जुन बिष्ट
रुकुम पश्चिम । रुकुम पश्चिमका दुई जना भूकम्पपीडितको चिसोका कारण ज्यान गएको छ । जिल्लाको आठविसकोट नगरपालिका-१४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो ।

रुकुम पश्चिमा भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनी बस्दै आएका सामान्य अवस्थाकी खगीको मंगलबार साँझ ५ बजेतिर मृत्यु भएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको स्थानिय मनसुरी खड्काले जानकारी दिनुभयो ।

गत कार्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्यूड स्कलेको भुकम्पले उक्त वडाका अधिकांश घरहरु भत्किएको र बस्न नमिल्ने गरी चर्किएको र पालमुनी बस्दा वृद्धवृद्धा र बालबालिका विरामी भई मृत्यु हुने गरेको खड्काले बताउनुभयो।

अत्यधिक चिसोका कारण आठबिसकोटका अधिकांश मानिसहरु विरामी परेका छन् । तुसारो र हिमपात हुने समय आएकोले तत्काल अस्थायी आवास निर्माणक लागि पहल गर्न स्थानीयले सरकारलाई आग्रह गरेका छन्। यहाँका सबै घरहरु बस्न नमिल्ने भएकोले महिला बालबालिका बाहिर त्रिपाला मुनि बास बस्न बाध्य छन् ।’ चिसो बाट बचाउनका लागि थप राहत पठाउन स्थानीयले सरकारसँग माग गर्दै आएका छन् । चिसोले स्थानीय बृद्धअबश्था बृद्धबृध्दा, बालबालिका बिरामीहरुलाई स्वास्थ्यमा निकै असर गरेको छ ।

अहिले भुकम्प प्रभावित क्षेत्रहरु जाजरकोट र रुकुम पश्चिमा नेकपा एमाले सम्वद्ध युवा संघ अनेरास्ववियु र अन्य पार्टी सम्वद्ध संघ संगठन सामाजिक सस्था र स्थानीयले अस्थायी आवास र पुनःस्थापनको कार्यमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय