प्युठान । जिल्लामा ८० वर्ष पुगेका जेष्ठ नागरिक तथा अशक्त अवस्थाका नागरिकका लागि साताव्यापी स्वास्थ्य सेवा अभियान सञ्चालन गरिने भएको छ । यही मंसिर २४ देखी २९ गतेसम्म घर दैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

 

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा भएको “प्यूठान जिल्लाको स्वास्थ्य क्षेत्रको वस्तुस्थिति विष्लेषण तथा आगामी कार्ययोजना” विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमबाट अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

मंसीर २४ गते (डिसेम्वर १०) अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर घर दैलो स्वास्थ्य सेवा अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । सप्ताहव्यापी रुपमा सञ्चालन हुने कार्यक्रमको जिल्लाका सवै स्थानीय तहले अनुगमन गर्ने समेत प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय