
रमेश खनाल
उ मानव हूँ भन्छ,
संसारकै सर्वश्रेष्ठ प्राणी हूँ भन्छ,
उसमा प्रेम,करूणा र मानवता नभएकाे कस्ले भनिदियाेस ।
उ सांसद् , मन्त्री, नेता हूँ भन्दै हिड्छ,
उसलाई कस्ले भनिदियाेस,
देशकाे हाल बेहाल बनाउने उ नै हाे भनेर ।
उ म प्रशासक भन्दै धर्तीकै ठुलो मान्छे हुँ झै गर्छ ,
उसलाई कस्ले भनिदियाेस
उ कर्तव्य निष्ठ भएकाे भए लाखौं नागरिक किन प्रदेशिन पर्दथ्यो भनेर ।
उ आफूले आफूलाई गुरु हूँ भन्दै हिड्छ,
उसलाई कस्ले भनिदयाेस ,
उसकाे बाेली र व्यवहार फरक छ भनेर ।
उ डाक्टर, वकिल हूँ भन्दै हिड्छ ,
उसलाई कस्ले भनिदियाेस ,
उपचार नपाएर, औषधि नपाएर मरेकाकाे कथा,
उसलाई कस्ले भनिदियाेस,
न्यायकाे पर्खाइमा अरथी उठेकाे कुरा ।।
उ अष्ट्रेलिया, अमेरिका गएकाेमा गर्व गर्छ,
उसलाई कस्ले भनिदियाेस,
देश छाड्नु सन्तापकाे बिषय हाे भनेर ।
किन सबैले आ-आफ्नाे गाैरवगाथा मात्रै गाउछन् ?
किन कर्म गर्दा धर्म निभाउदैनन् ?
किन मान्छे सत्यलाई ढाकेर भ्रमकाे खेतीमा लाग्छन् ?