प्यूठान । जिल्लाका दुई वटा पत्रिका ‘क’ वर्गमा वर्गीकृत भएका छन । हाम्रो एकता साप्ताहिक र झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएका हुन ।
माण्डवी साप्ताहिक ‘ख’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले वर्षेनी पत्रपत्रिकाको वर्गीकरण गर्ने गर्दछ । २०७८/०७९ को पुनरावलोकन सहितको अन्तिम नतिजा प्रकाश्न गरेको हो । नौ सय पत्रपत्रिकाले आवेदन दिएकामा आठ सय ७५ वटा वर्गीकरणमा परेका हुन ।
काउन्सिलका अनुसार ‘क’ वर्गमा २९२, ‘ख’ वर्गमा ४३२, ‘ग’ वर्गमा १३७ र ‘घ’ वर्गमा १४ वटा परेका छन ।




S.K. Creative Media Group