प्यूठान । नेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानीहरुले बर्तमान पार्टी सांगठनिक गतिबिधि प्रति असन्तुष्ट व्यक्त गर्दै यथास्थितिमा कांग्रेस पार्टी ईतिहास भएको तर भविष्य नभएको पार्टी हुन लागेको बताएका छन ।
नेपाल प्रजातन्त्र सेनानी संघ, जिल्ला कार्य समिति प्यूठानको तेस्रो अधिवेशनमा बोल्ने सेनानी संघका केन्द्रीय तथा जिल्लाका नेताहरुले राजनीतिमा त्याग बाध्यताले हुने बताउदै त्यागको अपव्याख्या गर्दै पटकपटक लाभ लिन खोज्ने प्रबृत्ति बढ्दै जाँदा संगठन कमजोर भएको गुनासो गरेका छन ।
पुर्व सांसद मुक्ति प्रसाद शर्माले पाटी नेतृत्वले बाटो बिराउँछ भने सेनानीहरुले निरन्तर खबरदारीबगर्नुपर्ने बताउनुभयो । उहाँले भन्नू भयो, ‘गलत गर्नेलाई जनता सामु ल्याउनै पर्छ । सेनानी संघले राम्रो भुमिका खेल्नु पर्छ ।’ उहाँले पार्टी भित्र नेताहरुले आफ्नो हितका निमित्त गुट बनाएपनि चेतनशिल कार्यकर्ता र जनता गुटको पछी लाग्नु राम्रो नहुने बताउनुभयो । ‘पार्टीमा गुट जति भएपनि बिचार र पार्टीको रणनीतिमा एकजुट हुन आवस्यक छ ।’ उहाँले भन्नुभयो ।
संघको अधिवेशनका केन्द्रीय प्रतिनिधि तथा संघका केन्द्रीय सदस्य बिधान प्रसाद श्रेष्ठले पार्टी सुदृढीकरण नगरी अहिलेकै अवस्था कायम रहे कांग्रेसको ईतिहास भएको तर भविष्य नभएको पार्टी हुने सम्भावना भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा त्याग भनेको बाध्यता हो । कतिपय जेल बसेका र पारिवारिक राजनीतिक बिरासतलाई भजाएर व्याज, प्याज समेत असुलि सकेका छन तर राजनीति गर्ने सच्चा मान्छेहरु अहिले पनि कांग्रेसलाई मायाँ गरिरहेका छन् ।’ उहाँले हरेक ठाउँमा फेल भएका र स्कुल पढ्दा समेत फेल भएकाहरुले हो हल्लामा पार्टी कब्जा गरेको बताउनुभयो । तर पाटी र देश बिगार्ने काममा पढेलेखेकाहरुले नै भुमिका खेलेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले सामाजिक गतिबिधिमा पार्टीको सहभागिता कमजोर भएको बताउनुभयो । कतिपय सामाजिक गतिविधिमा आफूले अभिभावक बिहिनता भए जस्तो महसुस गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘पाटीमा संरक्षकत्व, अपनत्व, सद्भाप, माया र सहयोग पार्टी र नेताहरुबाट अभाव भोग्दै आएको महसुस भयो । लाभको पदमा रहँदा पनि खुसि हुन सकिए । तर आफूले सकेको कामलाई निरन्तरता दिनेछु ।’
नेपाल प्रजातान्त्र सेनानी संघ प्यूठानका अध्यक्ष कमल प्रसाद पोख्रेलको अध्यक्षतामा भएको तेस्रो अधिवेशनबाट पुन: पोख्रेलकै नेतृत्वमा सत सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको छ । उपाध्यक्ष ऋषिराम पण्डित, सचिब कमल रिजाल, सदस्यहरुमा श्रीधर सुवेदी, दधिराम शर्मा, कुलचन्द्र उपाध्याय र शम्शेर बर्मा निर्बाचित भएको निर्वाचन समिति संयोजक गोबिन्दराज पोख्रेलले जानकारी दिनुभयो । केन्द्रीय प्रतिनिधिमा पुर्ब सांसद मुक्ति प्रसाद शर्मा, टोपाराम पण्डित र देवराज गौतम चयन भएको उहाँले बताउनुभयो ।



S.K. Creative Media Group