प्यूठान । प्यूठानको ऐरावती गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका-२ हरियाखोला नजिकै लु २७ प ९१३४ नम्बरको मोटरसाइकल दुर्घटनामा ऐरावती गाउँपालिका-६ अर्लावाङका २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

शनिबार राती ११ बजे दुर्घटनामा परि गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा राती १ बजे जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय