प्यूठान। झिमरुक गाउँपालिकाले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । बिहीवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, जुवातास खेल्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्तिसुरक्षाम खलल गर्ने काम नगर्न आग्रह गर्नुएको हो ।

गाउँ कार्यपालिकाको कार्तिक ७ गतेको बैठकको निर्णय अनुसार सार्वजनिक स्थान शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालय र अन्य सामाजिक संघ संस्थाहरुको नजिक कानुनले बन्देज गरेको सिमा क्षेत्रमा जुवातस, खेल्ने खेलाउने, मदिरा जन्य बस्तु उत्पादन तथा बिक्रीवितरण गर्न रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले आफ्नो बजार तथा ग्रामिण इलाकामा बिना इजाजत गैरकानुनी रुपमा अव्यवस्थित मदिरा बिक्रीवितरण उत्पादन तथा जुवातास खेल्ने खेलाउने गरेको भन्ने जनगुनासो आएकोले यस्ता क्रियाकलापले समाजको शान्ति सुव्यवस्था सामाजिक सद्भावमा खलल पुग्ने भएकोले यस्त गतिविधि नगर्न अनुरोध गर्दै यसतर्फ सबै सचेत रहन अनुरोध गरेको छ । शान्ति सुरक्षामा खलल हुने गतिविधि नगर्न नगराउन आग्रह गरिएको छ ।

हाम्रा मौलिक संस्कृतिहरुको समुचित तरिकाले संरक्षण गर्दै सामाजिक एकतालाई सुदृढ गर्नु सबैको दायित्व भएकोले पालिका क्षेत्र भित्र कानुन विपरीत हुने गतिविधि जुवातास खेल्ने र खेलाउने, हो हल्ल गर्ने, मदिरा उत्पादन तथा बिक्रीवितरण गर्ने कार्य नगर्न र नगराउन अनुरोध गरेको छ ।

कानुनले निषेध गरेका गतिविधि गरे गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सुचना मार्फत जानकारी दिएको छ। दोस्रो ठूलो चाड तिहार तथा छठलगायत अन्य पर्व मर्यादित भएर मनाउन पालिकाले सबैलाई आग्रह गरेको छ । कानुन बिपरित हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रचलित कानुन अनुसार कार्वाही हुने सूचना मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय