प्यूठान । झिमरुक गाउँपालिका-६ अर्गेलिमा जीप दुर्घटना हुँदा १४ जनाय यात्रु घाईते भएका छन । बुटवलबाट गौमुखीको अर्खा जादै गरेको लु २ ख ६३२२ जीप बाग्दुला मच्छि सडक खण्ड अन्तरगत जिमुरखोला नजिक दुर्घटना भएको हो ।
फोर्स गाडी अचानक अनियन्त्रित भई सडक देखी अन्दाजी २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा चालक नारिकोटका सुवास थापा, गौमुखी गा.पा.५ खुङ बस्ने बर्ष ८ को सरोज के.सी., उहाँको आमा बर्ष ३२ की सुनिता के.सी., रजबारा घर भई हाल अग्लुङ बस्ने बर्ष ४२ की खिमा मल्ल, नारीकोट बस्ने बर्ष ३७ को सन्तलाल गुरुङ, अर्खा बस्ने बर्ष ५५ को रेमलाल थापा मगर घाइते भएका छन ।
त्यसैगरी, अर्खा बस्ने बर्ष ५० की मोति पुन, तुसारा गोब्दी बस्ने बर्ष ३२ की साबित्रा बस्नेत, ददेरी बस्ने बर्ष ६० को कुम्ब ब.जि.सी., बर्ष ५७ की धन कुमारी जि.सी.,गुल्मी मदाने गा.पा.१ अग्लुङ बस्ने बर्ष ३८ को सालिकराम कवर घाइते भएको प्रहरीले जनाएको छ ।
तीन जना घाइतेको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ ।



S.K. Creative Media Group