प्यूठान । प्यूठान उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रले बर्तमान व्यवसायिक समस्या तथा समाधाका उपायहरु विषयमा अन्तरक्रिया तथा शुभ दिपावली, छठ, नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

झिमरुक बजार क्षेत्रका अध्यक्ष बोधिराम पोख्रेलको अध्यक्षता तथा प्यूठान उद्योग वाणिज्य संघका महासचिव सन्देश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका जनप्रतिनिधिहरु, झिमरुक बजार क्षेत्रमा पूर्व अध्यक्षहरु, होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र मच्छीका अध्यक्ष,बजार व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय मच्छीका प्रमुख लगाएत यातायात व्यवसायि संध मच्छीका प्रमुख सहित उद्योगी व्यवसायिहरुको उपस्थिति थियो ।

कार्यक्रममा मुल्यको एकरुपता, म्याद नाघेको बस्तु, फोहोर ब्यबस्थापन लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बजार क्षेत्रका सचिव प्रेम बहादुर पुनले गर्नुभएको थियो भने कार्यक्रमको संचालन प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय