प्यूठान । नेपाली जुत्ता घर प्यूठान सञ्चालनमा आएको छ । प्यूठान नगरपालिका-८ बाग्दुलामा नेपाली जुत्ता घर सञ्चालनमा आएको हो ।
शुभ दिपावलीको अवसर पारेर सोमबार जुत्ता घरको उद्घाटन गरिएको हो । प्रतिनिधिसभा सदस्य सूर्य थापाले जुत्ता घरको उद्घाटन गर्नुभएको हो ।
नेपाली जुत्ताहरु एउटै छानामुनी उपलब्ध गराउने उद्देश्यले नेपाली जुत्ता घर प्यूठानमा स्थापना गरिएको सन्चालक विष्णु प्रताप कुवरले बताउनुभयो ।
‘फ्याक्ट्रीबाट सिधै उपभोक्तामाझ जुत्ता उपलब्ध गराइने उहाँको भनाई छ । ‘सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल खरिदको अवसर ग्राहकलाई मिल्नेछ,’ उहाँले भन्नुभयो ।