अनिल खत्री
गुल्मी । जिल्लामा राहदानी लिनेहरुको संख्या दैनिक जसो बढदै जाँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको छ । अहिले दैनिक करीब २ सय जनाले राहदानी लिनको लागि दैनिक लाइनमा बस्ने गरेका छन् ।
जिल्लामा सरदर ४० देखि ५० जनासम्मलाई राहदानीको आवेदन फारम लिन सक्ने जनशक्ति रहेको छ । राहदानी वितरणमा सहजता ल्याउनका लागि प्रशासनले टोकन प्रणाली समेत लागु गरेको छ । प्रशासनका अहिले दैनिक कार्यालयल समय बाहेकको समय लिएर भएपनि १ सय जनासम्मले सेवा लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनुभयो ।
अहिले प्रशासनमा दैनिक जसो सेवाग्राहीको चापले अघिल्लो दिनको टोकन समेत वितरण गरिदै आएको गैरेको भनाइ छ । राहदानी लिनेको संख्या दैनिक जसो बढिरहेको छ सहायक प्रमुख जिल्ला अधिकारी गैरेले भन्नुभयो, ‘अहिले आजको आजै राहदानी बनाउन मुस्किल नै पर्ने गरेको छ ।’ यसले गर्दा प्रशासनमा राहदानी वितरणमा जनशक्ति ओभर लोड कामको भार पर्ने गरेको छ ।
प्रशानमा एउटा स्टेशनबाट मात्रै राहदानीको आबेदन फारम भर्ने व्यवस्था रहेको छ । तर त्यो क्षमताले गुल्मीको मागलाई परिपूर्ति गर्न सकेको छैन् । जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जिल्लामा गएको आर्थिक वर्षमा १५ हजार ८६ जनाले राहदानी लिएको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष ०७८/०७९ मा ७ हजार ४ सय ९ जनाले राहदानी लिएका थिए । पछिल्लो युवा शक्ति रोजगारिको शिलसिलामा प्रदेश पस्ने क्रम बढदो छ । गाउँमा युवाशक्ती भेटाउन नै मुस्किल पर्ने गरेको छ ।
जिल्ला प्रशासनमा सेवाग्राहीहरु कसैको भनसुनमा नभई छिटो छरिटो तरिकाले प्रशासनले सेवा दिने गरेको बताउदै आएको छ । जसको लागि प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
हाल प्रशासनमा सेवा लिनेहरु अलमल गर्नु पर्ने कसैलाई भनसुन गर्नुपर्ने झनझटको अत्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो । सहायता कक्षसँगै प्रशासनले राहदानीको फारम पनि कार्यालयमै भर्ने व्यवस्था मिलाएको छ । यसले सेवाग्रहीले बाहिर फारम भर्दा तिर्नुपर्ने रकम समेत बचत गरेको छ ।