मित्र थापा
गौमुखी । गौमुखी गाउँपालिका वडा नम्वर २ अर्खा स्थित गौमुखी संरक्षण तथा सामुदायिक विकास केन्द्रले माघे संक्रान्ति गौमुखी मेलाको अवसरमा आयोजना गरेको खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । माघे संक्रान्ति गौमुखी मेला २०८१ को अवसरमा शुरु भएको कार्यक्रमको आज एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम  एक्सन स्टार युवा क्लब अर्खा, दित्तिय तिखाचुली युवा क्लब रजवारा, तृत्तिय निसिखोला युवा क्लब  बाग्लुङ भएका छन । विजयी समुहलाई क्रमश: ५५ हजार  ५५ रुपैयाँ, ४० हजार ४० रुपैयाँ र  २५ हजार २५ रुपियाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, महिला भलिबल तर्फ प्रथम आयोजक टिम,
दित्तिय ब्रेभ युथ युवा क्लव रजवारा  र तृत्तिय बेसिबन फ्रेन्स क्लव अर्खा भएका छन । विजयी समुहलाई क्रमश: २२ हजार २२ रुपैयाँ, १६ हजार १६ रुपैयाँ र १० हजार १० रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

पुरुष भलिबलतर्फ अनुशासित खेलाडी अनिल बुढा मगर, उत्कृष्ट खेलाडी प्रकाश बुढालाई सम्मान गरिएको छ । महिला भलिबल तर्फ अनुशासित खेलाडी गिता पुन, उत्कृष्ट खेलाडी आरिया घर्तीलाई सम्मान  गरिएको छ ।

पुरुष भलिबल तर्फ १८ टीम र महिला भलिबल तर्फ ७ टीम सहभागी भएको खेलमा बागलुङ, गुल्मी र प्यूठानबाट सहभागी भएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा विजयी समुह तथा खेलाडीलाई पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवका कार्यक्रम संयोजक मुक्त बहादुर रानाले बताउनुभयो ।

माघ १ गते देखि सञ्चालन भएको कार्यक्रममा धनुष वाण प्रतियोगिता तर्फ प्रथम रमेश थापा, दित्तिय हुकुम बहादुर राना, तृत्तिय मन बहादुर रानाले क्रमश: ३ हजार, २ हजार, १ हजार नगद रकम सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

दौड प्रतियोगिता तर्फ प्रथम ज्ञानेन्द्र बुढा मगर, दित्तिय इन्द्र बहादुर पुन, तृत्तिय पुरण बुढाले क्रमश: ४ हजार, ३ हजार, २ हजार नगद रकम सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

क्लवका अध्यक्ष तोप बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास समिति गौमुखी गाउँपालिका अध्यक्ष
भलिबल संघ प्यूठानको महासचिव प्रदिप शाहीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन भिम थापाले गर्नुभएको थियो । उक्त कार्यक्रममा सहयोगी दातालाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय