
बर्दिया । प्रेस चौतारी नेपाल बर्दिया शाखाको अध्यक्षमा पुनः यज्ञ प्रसाद सापकोटा सर्वसम्मतले निर्वाचित हुनुभएको छ। बर्दियाको बढैयातालमा भएको ९ औँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा दलबहादुर सुनार, महिला उपाध्यक्षमा सृजना वली, सचिवमा प्रकाश पौडेल, सहसचिवमा सरम चौधरी र राजकुमार विक, कोषाध्यक्षमा सौगात श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यमा मान बहादुर आले, दिनेश ठाकुर, जोधिराम चौधरी, मिलन विक र राज बहादुर क्षेत्री र केन्द्रीय प्रतिनिधिमा जीवन कला थापा (मिना), सुदिप अधिकारी र मानबहादुर चौधरी निर्वाचित भए भने प्रदेश प्रतिनिधिमा पुष्कर काफ्ले र सुमित्रा बराललाई छनोट गरेको छ ।
कार्यक्रममा प्रेस चौतारीको तर्फबाट नेपाल पत्रकार महासंघ बर्दिया शाखामा निर्वाचित भएका पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य र प्रदेश पार्षदलाई सम्मान गरिएको थियो ।