
अर्घाखाँची । लुम्बिनी प्रदेश स्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ सन्धिखर्कमा शुक्रवार सम्पन्न भएको छ । खेल प्रतियोगितामा गुल्मी प्रथम, पाल्पा द्धितीय, नवलपरासी तृतीय र अर्घाखाँची सान्तना भएका छन् ।
मंगलबारबाट सन्धिखर्क टुडिखेलमा सञ्चालन भएको खेलमा बाँके बाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाका खेलाडीले भाग लिएका थिए । भलिबल प्रतियोगितामा प्रथम हुने गुल्मीलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले नगद १ लाख, ट्र्फी र मेडलले पुरस्कृत गर्नुभयो ।
द्धितीय पाल्पाले ६५ हजार नगद पुरस्कार, ट्र्फी र मेडल, तृतीय नवलपरासीले ३५ हजार नगद, ट्र्फी र मेडल र सान्त्वना भएको अर्घाखाँचीले १५ हजार नगद पुरस्कार सहित ट्र्फी र मेडल उपलब्ध गराइएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले बताउनुभयो । ।