प्युठान । नौबहिनी गाउँपालिका-८ फोप्ली स्थित रोज डाईनामिक बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ । फोप्ली स्वास्थ्य चौकीले विद्यालयका १०७ जना बालबालिकाहरुको स्वास्थ्य जाँच गरेको हो ।

शिबिरमा ३५ जना बालबालिकामा टन्सिलाईटिस, ३ जनामा दम र २ जनामा कडा निमोनिया देखिएको स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । अहिले नसर्ने रोगमा जन्क फुडले पार्ने प्रभाव र रोगका बारेमा समेत जानकारी दिइएको घिमिरेले बताउनुभयो ।  वडाका सबै विद्यालयमा स्कृनिङ स्वास्थ्य शिबिर राख्ने योजना रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय