गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्ताको चारपटक उडान हुने भएको छ। अगामी फागुनको पहिलो साताबाट गुल्मी-काठमाडौं हप्तामा चार पटक उडान हुन लागेको हो ।
रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । अहिले हप्तामा दुई पटक बुधबार र शुक्रबार
मात्रै उडान हुँदै आएको छ ।
रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन ।
अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उहाँको भनाई छ ।