पोखरा । पोखरामा दूध बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा गाडी चालक पोखरा महानगरपालिका-१८, स्थित ग्यारजाती बस्ने ४९ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएको छ।

दुर्घटनामा परि घाइते हुनेमा सोही ठाउँ बस्ने ६९ वर्षीय हिमकला थापा र ७० वर्षीय चन्द्रकला थापा रहेका छन्। घाइतेको टाउको र ढाडमा चोट लागेको छ। घाइतेहरूको दुबैको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

पोखरा महानगरपालिका-१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दूध बोक्ने सिङ्गल क्याप बोलेरो अनियंत्रित भएर सडकको दाँयातिरबाट करिब २० फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय